काठमाडौं । नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एसियन थाइ फुड्स लिमिटेडले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्काशनको नष्काशन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटिज बैंकर लमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ ।
सम्झौतामा एसियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभासबहादुर श्रेष्ठले एसियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थितिमा आधिकारिक रूपमा हस्ताक्षर गरेका हुन् । यो साझेदारीले एसियन थाई फुड्सलाई सार्वजनिक बजारमा प्रवेश गर्न तथा विस्तारका लागि सहयोग पुर्याउनेछ ।
विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरूसहित एसियनले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दछ । कम्पनीका लोकप्रिय ब्रान्डहरू जस्तैः रमपम, २ एः र प्रिती ले आफ्नो प्रामाणिक स्वाद र सुलभताका कारण बलियो पहिचान बनाएका छन् ।
एसियन थाई फुडसका प्रबन्ध निर्देशक महेश जाजुले भने, ‘हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँगको यो सम्झौताले हाम्रो विकास यात्रामा एउटा रोमाञ्चक अध्यायको सुरुवात गरेको छ । पुँजीबजारमा उहाँहरूको विशेषज्ञताले आईपीओ प्रक्रियालाई सहज बनाउनेछ, जसले हामीलाई नवप्रवर्तन र विश्वव्यापी पहुँचमा थप लगानी गर्न मद्दत गर्नेछ । ‘आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँट आउँदो महिनाहरूमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।