काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले चौथो त्रयमासमा तीन करोड १९ लाख नाफा कमाउन सफल भएको छ । यस अवधिमा संस्थाको निक्षेप संकलन १३ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी नौ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ । उच्चरूपमा रहेको निष्क्रिय कर्जा एकल अंकमा ल्याउन सफल भएको । अघिल्लो वर्षको सोही अवधिमा १९ दशमलव ९३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस अवधिमा नौ दशमलव ६६ प्रतिशतमा झरेको छ । प्रतिासेयर आम्दानी तीन अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
सानो व्यावसायिक आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्क्रिय कर्जा रहेकोमा क्रमिकरूपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ । पोखरा फाइनान्ससँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभांश प्रदान गर्ने अठोट लिएको छ ।