जापान । अनुकूल अमेरिकी कानुन र सेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली सेयरबजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ ।
यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केही समयमा नै एक लाख २४ हजार पाँच सयभन्दा बढी कारोबार भएको हो ।
एस एण्ड पी ५०० इन्डेक्स र विशाल प्रविधि कम्पनी नास्डेक यस हप्ता नयाँ उचाईमा पुगेको छ, जसले क्रिप्टोकरेन्सीको वृद्धिमा योगदान पुर्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी नियामक परिवर्तनले गर्दा क्रिप्टो क्षेत्रको एक बलियो समर्थक बिटक्वाइनको मूल्यमा वृद्धि भएको हो ।
यसको मूल्य क्रिप्टोकरेन्सीका ‘ह्वेल’ भनिने ठूला धारकहरूले पनि बढाएका छन् ।
‘क्रिप्टो बजारले अत्यधिक अनुकूल आधारभूत कुराहरूको अवधिको आनन्द लिइरहेको छ’, एक्सएस डट कमका वरिष्ठ बजार विश्लेषक समर हसनले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू अन्त्य गर्न वार्तालार्ई अघि बढाइरहेका समय कारोबारमा उछाल आएको हो।
‘राष्ट्रपति ट्रम्प ‘राष्ट्रिय वित्तीय प्रणालीमा क्रिप्टोकरेन्सीहरूको एकीकरणलाई गति दिन र यस क्षेत्रमा आफ्नो र परिवारको बढ्दो संलग्नतालाई ध्यानमा राख्दै थप प्रतिबन्धहरू हटाउन इच्छुक हुन सक्नुहुन्छ’, उनले थपे ।
ट्रम्पको मिडिया ग्रुप र प्रविधि अर्बपति एलन मस्कको स्वामित्वमा रहेको इलेक्ट्रिक कार निर्माता टेस्लालगायतका कम्पनीहरूको ठूलो संख्या ठूलो परिमाणमा बिटक्वाइन किन्न इच्छुक देखिँदा यसको असर पूँजी बजारमा देखिएको हो।