काठमाडौं । जुलिज केक एन्ड पेस्ट्रीले अनलाइन प्लेटफर्मसँगै नयाँ ब्रान्च इमाडोलमा सञ्चालनमा ल्याएको छ । जुली प्रधानाङ्गले सुरु गरेको यो घरेलु उद्योग हाल व्यावसायिकरूपमा अगाडि बढिरहेको छ । सोहीअनुसार इ्माडोलमा शाखा सञ्चालनमा आएको हो । जुलिज केक्स एन्ड पेस्ट्रिजको मुख्य आउटलेट कुपन्डोलमा छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट माग बढ्दै गएपछि खोलिएको लैनचौरको अर्को आउटलेट भने कोरोना महामारीका कारण बन्द गर्नुपरेको सञ्चालक जुलीले बताइन् । तर जुलीले आफ्नो तेस्रो शाखा इमाडोलमा खोलेकी छन् ।
ग्राहकको बढ्दो माग, बजारको विस्तार र फ्याक्ट्री नजिक भएकाले ताजा र छिटो सेवा दिन यो शाखा खोलिएको उनले बताइन् । होम डेलिभरीको सुविधा भए पनि धेरै ग्राहक अर्डर गर्न पसलमै आउने उनको भनाइ छ । फुडमान्डु, मुन्चा, ठमेल डटकमजस्ता प्लेटफर्महरूसँगको साझेदारीमा बिक्री वितरण गर्दै आएको उनले बताइन् ।