काठमाडौं । फोटोनले यस वर्षको नाडा अटो सो २०२५ मा विशेष प्रदर्शनसहितको सहभागिता जनाउने भएको छ । आगामी अगस्ट १९ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो सोमा फोटोनले आफ्ना लोकप्रिय मोडल र अत्याधुनिक प्रविधि प्रदर्शनी गर्ने तयारी गरेको हो ।
फोटोनको स्टल ए७ मा नेपालको चुनौतीपूर्ण अफ–रोड यात्रामा कीर्तिमान बनाएको टुनल्यान्ड पिकअप प्रदर्शन गर्ने जनाएको छ । यसले २३ दिनमा देशका आठ कठिन गन्तव्य यात्रा पूरा गरेको थियो । शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र बलियो सस्पेन्सनसहितको यो पिकअप व्यक्तिगत र व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त मानिन्छ । यस्तै, स्टल जे४ मा फोटोनका अन्य सवारी साधन र माउन्टेन ईभी टीएम१ मोडल देख्न सकिनेछ भने स्टल जे६ मा सोकोनको वातावरणमैत्री विद्युतीय भ्यान सार्वजनिक गरिनेछ ।
कम्पनीका अनुसार यस वर्षको विशेष आकर्षण भनेको स्टलमा राखिने युनिट्री ह्युमानोइड रोबोट हो, जससँग आगन्तुकहरूले प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधि नजिकबाट अनुभव गर्न सक्नेछन् । नाडा अटो सोमा आगन्तुकहरूले नयाँ मोडलहरू अवलोकन गर्न, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष कुरा गर्न तथा विशेष अफर र फाइनान्स सुविधा पाउन सक्नेछन् । फोटोनले स्टल ए७, जे४ र जे६ मा भिजिट गर्न आग्रह गर्दै कम्पनीले अग्रिम दर्ता गर्ने आगन्तुकलाई आकर्षक उपहारको व्यवस्था समेत गरेको जानकारी दिएको छ ।