भारदह (सप्तरी) । सप्तरी प्रहरीले शुक्रबार जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचाबाट सेतो प्लास्टिकको बोरामा हरियो प्लास्टिकले बेरेको अवस्थामा एक सय किलो २०/२० केजीका पाँच पोका गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनले बरामद गरिएको गाजा इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले यसअघि गत शुक्रबार जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट १७ वटा बोरामा रहेको तीन सय ९६ किलो गाँजा बरामद गरेका थिए ।