काठमाडौं — नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पार्टी नेतृत्वलाई पठाएकी छन्। शुक्रबारको सचिवालय बैठकले झाँक्रीसँग छलफल गर्ने निर्णय गरेको छ।पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार, “पार्टीमा आत्मालोचना प्रस्ताव पेस गर्नुभएको छ। भविष्यमा यस्ता कमजोरी नगर्ने महसुस गर्नुभएको छ। त्यसकारण उहासँग छलफल गरेर टुंग्याउने निर्णय भएको हो।” झाँक्रीले अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका कारण पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो। उनले सिनो काँधमा हालेर हिँड्न नसकिने भन्ने अभिव्यक्ति दिएकी थिइन्।