काठमाडौं । बैंकहरुको खुद नाफा बढेको छ । अर्थतन्त्र पूर्णरुपमा चलायमान नहुँदा गत आर्थिक वर्षमा नेपाली बैंकिङ क्षेत्र अधिक तरलताको समस्याबाट पिरोलिएको थियो । सोही कारण बैंकिङ क्षेत्रमा निक्षेप बढे पनि कर्जा बढ्न नसकेपछि राष्ट्र बैंकले विभिन्न किसिमको मौद्रिक उपकरण जारी गरी अधिक तरलता खिचेको थियो ।
तर पनि अधिक तरलता नियन्त्रणमा नआएको र कर्जा प्रवाह नबढेका कारण वाणिज्य बैंकहरुको कर्जा प्रवाहसँगै खुद ब्याज आम्दानी पनि बढ्न सकेन । यसले गर्दा बैंकिङ क्षेत्रमा खराब कर्जा मात्रा पनि बढ्दै गयो । तर यही प्रतिकूल अवस्थामा पनि बैंकहरुको नाफा भने अस्वाभाविक देखिएको छ ।
बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले यस अवधिमा कुल ७१ अर्ब ५१ करोड आठ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३ दशमलव ३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ८४ लाख एक हजार रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ४९ अर्ब ८७ करोड २४ लाख १८ हजार रुपैयाँ रहेको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको चौथो त्रैमासमा एनआईसी एसिया बैंक, सिटिजन्स बैंक, नेपाल एसबीआई बैंक र स्टान्र्डर्ड चार्टर्ड बैंकको खुद नाफा घटेको देखिए पनि यीबाहेकका नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगासहितका १५ वटा बैंकहरुको खुद नाफा भने बढेको छ ।
यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाउँदा सबैभन्दा कम एनआईसी एसिया बैंकको देखिएको छ । नबिलले गत आवको चौथो त्रैमासमा सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैैयाँ खुद नाफा कमाउँदा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
यस अवधिमा एनआईसी एसियाले भने १६ करोड १५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव २८ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा नबिलले छ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाउँदा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो भने एनआईसी एसियाले ७९ करोड १४ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाउँदा तीन दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
नेपाल इन्भेस्टमेन्ट मेगा र ग्लोबल आईएमई बैंकले पनि गत आवको चौथो त्रैमासमा क्रमशः छ अर्ब ७५ करोड ६६ लाख ४९ हजार र छ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः पाँच दशमलव ८५ र चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी दुई बैंकहरुले क्रमशः चार अर्ब १० करोड ८८ लाख ९२ हजार र छ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाउँदा चार दशमलव ९१ र चार दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गत आवको चौथो त्रैमासमा प्रभु, एभरेस्ट र कृषि विकास बैंकले भने क्रमशः पाँच अर्ब ४४ करोड २६ लाख ९३, चार अर्ब ९१ करोड ८१ लाख ६५ हजार र चार अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ९६, शून्य दशमलव ३८ र नौ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ५१ करोड आठ लाख ५६ हजार, तीन अर्ब ८० करोड ३२ लाख २५ हजार र दुई अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ९४, शून्य दशमलव ७१ र नौ दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । लक्ष्मी सनराइज, प्राइम र राष्ट्रिय वाणिज्य बैंकले पनि पछिल्लो अवधिमा क्रमशः चार अर्ब ११ करोड ६९ लाख ६७ हजार, चार अर्ब दुई करोड ४४ लाख ३१ हजार र तीन अर्ब ८१ करोड ६७ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव २५, पाँच दशमलव ५६ र तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
अघिल्लो आवको सोही अवधिमा भने यी बैंकहरुले क्रमशः दुई अर्ब ९२ करोड तीन लाख ७९ हजार, तीन अर्ब ५० करोड ७६ लाख ९४ हजार र दुई अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ६३, चार दशमलव ६५ र चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
नेपाल बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंकले भने गत आवको चौथो त्रैमासमा क्रमशः तीन अर्ब ७७ करोड ३० लाख नौ हजार, तीन अर्ब ३९ करोड ५२ लाख ८५ हजार र तीन अर्ब २८ करोड १७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ४७, दुई दशमलव ६२ र तीन दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा भने यी बैंकहरुले क्रमशः दुई अर्ब ८४ करोड २० लाख, तीन अर्ब आठ करोड २८ हजार र दुई अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ३३, दुई दशमलव १७ र तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
स्टान्र्डर्ड चार्टर्ड, सानिमा र कुमारी बैंकले पनि गत आवको चौथो त्रैमासमा क्रमशः तीन अर्ब दुई करोड ९३ लाख तीन हजार, दुई अर्ब ५७ करोड ११ लाख ५५ हजार र दुई अर्ब ११ करोड ६४ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः एक दशमलव ४७, तीन दशमलव शून्य एक र छ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः तीन अर्ब २७ करोड ५२ लाख ५८ हजार, दुई अर्ब ३९ करोड ७४ लाख ४३ हजार र ४६ लाख आठ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः दुई दशमलव १४, एक दशमलव ७२ र पाँच दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
माछापुच्छ्रे र नेपाल एसबीआई बैंकले पनि पछिल्लो अवधिमा क्रमशः दुई अर्ब एक करोड १४ लाख ६१ हजार र एक अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ८३ प्रतिशत र तीन दशमलव ३५ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः एक अर्ब चार करोड ५१ लाख ९९ हजार र एक अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ८६ र एक दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको चौथौ त्रैमासमा हिमालयन र सिटिजन्स बैंकले पनि क्रमशः एक अर्ब ५१ करोड २५ लाख ३२ हजार र एक अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः सात दशमलव २८ चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा भने यी दुई बैंकले क्रमशः एक अर्ब २३ करोड ८३ लाख तीन हजार र एक अर्ब ३२ करोड सात लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ९८ र चार दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।