काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले पोखरास्थित मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालिमा उपलब्ध सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
पोखरास्थित प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालिबीच बिहीबार एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरिएको हो । बैंकका प्रमुख व्यवसाय केन्द अधिकृत राजु राना मगर र हस्पिटलका तर्फबाट अध्यक्ष आनन्द भट्टराईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट–क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरूमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विशेषगरी, बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत यो छुट उपलब्ध गराइएको हो । पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटलले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरू प्रदान गर्दै आएको छ । प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटलबीच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंकका ग्राहकहरू पनि लाभान्वित हुनेछन् ।