जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार राउतको सहादत दिवसका अवसरमा तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सहिद राउतसहित सम्पूर्ण सहिदप्रति उच्च सम्मान प्रकट गरे । सहिदहरूले देखाएको बाटो र आदर्शलाई अवलम्बन गर्दै मुख्यमन्त्री सिंहले मधेसका अधिकार, समानता र न्यायका पक्षमा निरन्तर अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गरे । उनले मधेस आन्दोलनका क्रममा बलिदान दिने सहिदहरूको बलिदानलाई इतिहासकै अमूल्य सम्पत्ति भएको उल्लेख गरे ।
२०७२ साल भदौ १ गते मधेसवादी दलहरुको आन्दोलनका क्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीको गोली लागेर राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो ।