काठमाडौं । शेयर बजार घटेर राताम्मै देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार शेयर बजार परिसुचक नेप्से २७ दशमलव १४ अंकले ओरालो लागेर २७ सय ६१ दशमलव २२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १५ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ८६ हजार छ सय ६९ पटकको कारोबारमा दुई करोड पाँच लाख १३ हजार छ सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार राताम्मै देखिएको छ ।