काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक लाख ३१ हजार दुई सय चार कित्ता संस्थापक सेयर बिक्रिमा राखेको हो । बिक्रिमा रहेको संस्थापक सेयर खरिद गर्ने पहिलो प्राथमिकता बैंकको संस्थापक सेयरधनीको हुने कानुनी प्रवन्ध भएकाले बिक्रीमा रहेको विद्यमान संस्थापक सेयरधनीले उक्त संस्थापक सेयर खरिद गरी लिन इच्छुक भएमा प्र ३५ दिनभित्र के–कति रकममा खरिद गर्ने हो सो समेत खुलाएर आवेदन दिनुपर्नेछ ।
बैंकले तोकेको समयभित्र विद्यमान संस्थापक सेयरधनीले सो सेयर खरिद गर्न आवेदन नदिएमा नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयरहरू खरिदबिक्री गर्न आवश्यक कारबाही अघि बढाइने बैंकले जानकारी दिएको छ ।