काठमाडौं । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ । यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफर मार्फ सहजै रकम पठाउन सकिनेछ ।
यो साझेदारीसँगै अब नेपालीहरूले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ । जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, “जेआरएफ रेमिटसँग मिलेर हामीले अझ राम्रो रेमिट्यान्स सेवा प्रदान गर्न सक्नेछौँ ।’