काठमाडौं । सेयरबजार घटेर राताम्मै देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्से २७ दशमलव १४ अंकले ओरालो लागेर २७ सय ६१ दशमलव २२ बिन्दुमा खुम्चिएको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १५ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ६७ विन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा यस दिन तीन सय १७ वटा कम्पनीहरूको ८६ हजार छ सय ६९ पटकको कारोबारमा दुई करोड पाँच लाख १३ हजार छ सय २५ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यसदिन कुल कारोबार रकम सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँ कायम भएको छ । धितोपत्र बजारमा यस दिन १३ वटा उपसमूहहरूको सेयर कारोबार भएकोमा सबै उपसमूहहरूको सूचक ओरालो लाग्दा सेयरबजार राताम्यै देखिएको छ । यस दिन वाणिज्य बैंक उपसमूहको सूचक १५ दशमलव एक अंकले ओरालो लागेर १४ सय ३१ दशमलव ३४ विन्दुमा खुम्चिँदा विकास बैंक उपसमूहको सूचक पनि ३० दशमलव ३३ अंकले ओरालो लागेर पाँच हजार आठ सय २८ दशमलव ५९ विन्दुमा खुम्चिएको छ ।
फाइनान्स उपसमूहको सूचक पनि २३ दशमलव ४१ अंकले ओरालो लागेर दुई हजार चार सय ७८ दशमलव ४९ विन्दुमा खुम्चिँदा जलविद्युत् उपसमूहको सूचक पनि २७ दशमलव ७५ अंकले ओरालो लागेर तीन हजार पाँच सय ७४ दशमलव ५२ विन्दुमा खुम्चिएको छ । यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि ९३ दशमलव ६९ अंकले ओरालो लागेर १२ हजार नौ सय ७८ दशमलव ५८ विन्दुमा खुम्चिँदा निर्जीवन बीमा उपसमूहको सूचक पनि ८५ दशमलव छ अंकले ओरालो लागेर १२ हजार तीन सय ४० दशमलव ६८ विन्दुमा खुम्चिएको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको सूचक पनि यस दिन क्रमशः १५ दशमलव २७, शून्य दशमलव ९३, ७६ दशमलव ७२, ६८ दशमलव ७८, शून्य दशमलव शून्य दुई, ३५ दशमलव ६८ र ६८ दशमलव ५२ विन्दुमा खुम्चिएका छन् ।
धितोपत्र बजारमा यस दिन आरबीबी म्युचअल फन्ड १ ले सबैभन्दा बढी कमाउँदा सम्पदा लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुनर्बीमा कम्पनीको भने यस दिन सबैभन्दा बढी रकम कारोबार भएको छ । यो कम्पनीको प्रतिकित्ता १५ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा एकैदिन ५१ करोड ६७ लाख दुई हजार दुई सय एक रुपैयाँको सेयर किनबेच भएको छ ।