काठमाडौं । सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्रालिको लोकप्रिय उत्पादन गज्जबको पिरो चाउचाउ अब ५० रुपैयाँको प्याकेटमा पनि उपलब्ध भएको छ । उपभोक्ताहरूबीच अत्यधिक रुचाइएको यो उत्पादन हाल नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको कम्पनीको दाबी छ ।
हालसम्म गज्जबको पिरो चाउचाउ २० रुपैयाँमा प्रतिप्याकेट उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले नयाँ तथा ठूलो प्याकेट, एक सय २० ग्रामको गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको हो । यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरूभन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ ।