काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूएलईडी टीभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । यसमा सामसङ भिजन एआई प्रविधि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिने कम्पनीले जनाएको छ । सामसङ भिजन एआईले स्क्रिनहरूलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउन ठूलो फड्को मारेको छ । यसले टेलिभिजनलाई केवल डिस्प्ले नभई, वरिपरिको वातावरण र प्रयोगकर्ताको बानीअनुसार प्रतिक्रिया दिने स्मार्ट हबमा रूपान्तरण गर्ने कम्पनीको दाबी छ । सामसङको क्यूएलईडी ४के लाइनअपमा चार वटा मोडेलहरू प्रमुख आकर्षण बनेका छन् । कम्पनीको एआई टीभीहरुमा बिल्ट–इन स्मार्टथिंग्स हब समावेश गरिएको छ, जसले टीभीलाई स्मार्ट होमको कन्ट्रोल सेन्टरमा बदल्छ । यसमार्फत प्रयोगकर्ताले घरका विभिन्न स्मार्ट उपकरणहरू सजिलै जडान र नियन्त्रण गर्न सक्छन् । साथै, स्मार्टथिंग्स एनर्जीले ऊर्जा खपतबारे उपयोगी जानकारी दिँदै, घरभरि ऊर्जा दक्षता बढाउन सहयोग गर्छ ।
सुरक्षाका लागि यी टीभीहरू सामसङ नक्स् प्लाटफर्मले मजबुत बनाइएका छन् । सामसङले आफ्नो २०२५ एआई टीभी लाइनअपमा सात वर्षसम्म निःशुल्क ओएस अपग्रेड उपलब्ध गराउने वाचा गरेको छ । सामसङको २०२५को क्यूएलईडी टीभी लाइनअप अब नेपालभरिका सबै आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छन् । यिनीहरुको मूल्य ३८ हजार नौ सय ९० रुपैयाँदेखि तीन लाख ९९ हजार नौ सय ९० रुपैयाँसम्म रहेको छ ।