काठमाडौं । शेयर बजारमा सामान्य अंकले सुधार देखिएको छ । अघिल्लो दिन २७ दशमलव १४ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार कारोबार दिन आज सोमबार नौं दशमलव १६ अंकले उकालो लागेर २७ सय ७० दशमलव ३९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले उकालो लागेर चार सय ७५ दशमलव ३३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ६७ हजार नौं सय ५९ पटकको कारोबारमा एक करोड ५२ लाख २९ हजार आठ सय २१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब १७ करोड ९८ लाख ५५ हजार दुई सय नौं रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये अन्य र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।