काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा एक करोड ५२ लाख आठ हजार चार सय २३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४४ लाख ३६ हजार छ सय १९ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा ८५ करोड ६४ लाख २९ हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २० करोड ३४ लाख २४ हजार नौ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ९० लाख ८१ हजार तीन सय ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ७८ करोड सात लाख ४२ हजार आठ सय ५१ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १६ करोड २० लाख ४५ हजार २६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ४४ लाख ६३ हजार पाँच सय २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।