काठमाडौं । सेयरबजारमा सामान्य अंकले सुधार देखिएको छ । अघिल्लो दिन २७ दशमलव १४ अंकले खुम्चिएको सेयरबजार परिसूचक नेप्से साताको दोस्रो कारोबार कारोबार दिन सोमबार नौ दशमलव १६ अंकले उकालो लागेर २७ सय ७० दशमलव ३९ विन्दुमा चढेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले उकालो लागेर चार सय ७५ दशमलव ३३ विन्दुमा चढेको छ ।
धितोपत्र बजारमा यस दिन तीन सय २० वटा कम्पनीहरूको ६७ हजार नौ सय ५९ पटकको कारोबारमा एक करोड ५२ लाख २९ हजार आठ सय २१ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब १७ करोड ९८ लाख ५५ हजार दुई सय नौ रुपैयाँ कायम भएको हो ।
धितोपत्र बजारमा यस दिन १३ वटा उपसमूहहरूको सेयर कारोबार भएका छन् । जसमध्ये अन्य उपसमूहको सूचक १५ दशमलव ४३ अंकले ओरालो लागेर २६ सय नौ दशमलव ८८ विन्दुमा खुम्चिँदा सामूहिक लगानी कोष उपसमूहको सूचक पनि शून्य दशमलव १० अंकले खुम्चिएको छ । यी दुईबाहेक वाणिज्य बैंक उपसमूहको सूचक दुई दशमलव ५३ अंकले उकालो लागेर १४ सय ३८ दशमलव ८७ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि १८ दशमलव ३३ अंकले उकालो लागेर पाँच हजार आठ सय ४६ दशमलव ९३ विन्दुमा चढेको छ । फाइनान्स उपसमूहको सूचक पनि दुई दशमलव २९ अंकले उकालो लागेर २४ सय ८० दशमलव ७८ विन्दुमा चढेकोमा जलविद्युत् उपसमूहको सूचक पनि ३४ दशमलव ७७ अंकले उकालो लागेर ३६ सय नौ दशमलव २९ बिन्दुमा चढेको छ । यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि ४२ दशमलव ६६ अंकले उकालो लागेर १३ हजार २१ दशमलव २५ विन्दुमा चढेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि ४७ दशमलव ४५ अंकले उकालो लागेर १२ हजार तीन सय ८८ दशमलव १३ विन्दुमा चढेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र व्यापार उपसमूहको सूचक पनि क्रमशः १७ दशमलव १९, शून्य दशमलव ४८, ३७ दशमलव ७५, पाँच दशमलव २० र ५३ दशमलव ३८ विन्दुले उकालो लागेका छन् ।
यस दिन बढी कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा युनियन हाइड्रोपावर कम्पनी लिमिटेड परेको छ । यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ दशमलव १० प्रतिशत अर्थात् २३ रुपैयाँ ४७ पैसाले बढेर चार सय आठ रुपैयाँ ३५ पैसामा कारोबार भएको छ । यसैगरी बढी गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सम्पदा लघुवित्त वित्तीय संस्थाको प्र्रतिकित्ता सेयरमूल्य भने चार दशमलव ८१ प्रतिशत अर्थात् ४७ रुपैयाँ ६३ पैसाले घटेर नौ सय ४२ रुपैयाँ २१ पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी भने यस दिन सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको छ । यो कम्पनीको प्रतिकित्ता १५ सय ६० रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा २१ करोड ७५ लाख २८ हजार आठ सय ३१ रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।