काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैँ–तिहारको विशेष अफर ‘दशैँ–तिहार, १० गुणा उपहार’ योजना घोषणा गरेको छ ।
यस अफरअन्तर्गत, ग्राहकहरूले आठ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउने कम्पनीले जनाएको छ । यस्तै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पनि पाउनेछन् । प्रत्येक गाडी खरिदमा एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ । यसैगरी, हरेक ह्युन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ । यो अफर सोमबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।