अस्ट्रेलिया । एक अस्ट्रेलियाली अदालतले क्वान्टास एयरलाइनविरुद्ध कीर्तिमानी जरिवाना तिराउने फैसला गरेको छ । कोभिड १९ महामारीका बेला १ हजार ८ सय कर्मचारीलाई अवैधानिक रुपमा कामबाट हटाएको मुद्दामा एयरलाइन दोषी देखिएको हो । योसँगै कम्पनीले ९ करोड अस्ट्रेलियाली डलर तिर्नुपर्ने भएको छ । यो हालसम्मकै ठूलो जरिवाना भएको बीबीसीले उल्लेख गरेको छ ।
अस्ट्रेलियाको ट्रान्सपोर्ट वर्कर्स युनियनले अदालती निर्णयको स्वागत गरेको बताइएको छ । औद्योगिक सम्बन्धसम्बन्धी कानुनको उल्लंघन भएको ठहर गर्दै अदालतले कम्पनीलाई जरिवाना गरेको हो । संघीय अदालतका न्यायाधीश माइकेल लीले कम्पनीलाई जरिवाना गर्ने फैसला गरेका हुन् ।