काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन्।सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुव बहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी छन्। बैठकअघि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले कांग्रेस–एमालेले उपसभामुखलाई हटाउने तयारी गरेर विपक्षीहरूलाई तर्साउने प्रयास गरेको आरोप लगाए। उनले यस्तो कदम राजनीतिक गल्ती भएको बताएका छन्।