काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच मंगलबार कार्यसम्पादन सम्झौता भएको छ ।

सचिव बज्राचार्यले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्री यादवसँग कार्यसम्पादन सम्झौता आदानप्रदान गरेकी हुन् । सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादन छिटो र प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।