काठमाडौं ।उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी भइरहेका बेला नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।मंगलबार मोबाइलमा पठाइएको एसएमएसमार्फत एमालेले उपत्यका बाहिर रहेका सांसदलाई तत्काल फर्कन र उपत्यकामै रहेका सांसदलाई बाहिर नजान आग्रह गरेको हो। यसअघि नेपाली कांग्रेस र एमालेले उपसभामुखलाई पदबाट हटाउन हस्ताक्षर संकलन थालेका थिए। तर, कांग्रेसभित्रकै केही असन्तुष्ट सांसदहरूले अहिलेसम्म हस्ताक्षर नगरेका छन्। उता, माओवादी केन्द्रसहित विपक्षी दलहरूले उपसभामुख हटाउने कदमको कडा विरोध गर्ने तयारी गरेका छन्।