काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले केवल सात दशमलव १३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारीसाधन कर्जा उपभोग गरी व्यक्तिगत सवारीसाधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारीसाधन किन्न चाहने ग्राहकहरूका लागि, एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।
एनएमबि बैंकले यस अफरमार्फत वातावरणमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुर्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।
यस अफरबारे थप जानकारी एनएमबि बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबि बैंकको स्टल नं इ २४ मा बैंकको तर्फबाट उपस्थित हुने प्रतिनिधिमार्फत लिन सकिनेछ । बैंकले हाल देशभरि दुई सय दुईवटा शाखाहरू, एक सय ८७ वटा एटीएमहरू र नौवटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।