काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएका छन्। आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तर सत्र तय भएको थियो, तर प्रधानमन्त्री स्वास्थ्य कारणले अनुपस्थित हुने भएका हुन्।प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आज बिहान बसेको बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री ओली स्वास्थ्य ठीक नभएकाले आजको संसद बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्। आजको बैठकमा प्रधानमन्त्रीसमक्ष सांसदहरूले सरकारका नीति, कार्यक्रम र ताजा राजनीतिक घटनाक्रमबारे प्रश्न गर्ने कार्यसूची रहेको थियो। प्रधानमन्त्रीको अनुपस्थितिका कारण प्रश्नोत्तर सत्र स्थगित हुने भएको छ।