काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बिच सम्झौंता भएको छ । यी दुई कम्पनीबीच मंगलबार सूचीकरण गर्नेसम्बन्धी सम्झौता भएको हो । कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ९० करोड ९१ लाख एक हजार तीन सय रुपैयाँ बराबरको ९० लाख ९१ हजार १३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले चुक्ता पुँजीको ४९ प्रतिशतले आउने ४४ लाख ५४ हजार पाँच सय ९६ कित्ता साधारण सेयर बिक्री गरेको थियो । अंकित मूल्य एक सय रुपैयाँमा निष्काशन गरेको आईपीओ र संस्थाक सेयर नेप्सेमा सूचीकृत भएको हो । यो कम्पनीको सेयर बुधबारबाट कारोबारमा आउने छ । कम्पनीलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९७ रुपैयाँ ४३ पैसादेखि दुई सय ९२ रुपैयाँ २९ पैसासम्मको ओपनिङ रेन्ज दिएको छ ।