काठमाडौ । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन छ दशमलव ५१ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार नौं दशमलव ७० अंंकले खुम्चिएर २७ सय ६७ दशमलव २० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १० अंकले खुम्चिएर चार सय ७४ दशमलव ९६ बिन्दुमा झरेको छ । धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ५३ हजार आठ सय ५३ पटकको कारोबारमा एक करोड ५२ लाख ६६ हजार छ सय १७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब २० करोड सात लाख ५३ हजार आठ सय ६८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका बाँकी ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।