काठमाडौं – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई पदबाट हटाएकी छन्।अध्यक्ष श्रेष्ठले गंगारामलाई हटाएर स्वयंले संसदीय दलको नेताको जिम्मेवारी सम्हालेको जानकारीसहितको पत्र संसद् सचिवालयमा पठाएकी छन्। सचिवालयमा पठाइएको पत्रमा उनले लेखेकी छन्, “यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका माननीय गंगाराम चौधरीलाई पार्टीको हितविपरीत कार्य गरेको आरोपमा पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएको छ।” यससँगै, पार्टी नेतृत्वमा आन्तरिक विवाद तीव्र बन्दै गएको अनुमान गरिएको छ।