काठमाडौं, काठमाडौंको गोंगबु मित्रनगरस्थित क्रिष्टल बार एण्ड क्लब र गोल्डेन बार एण्ड क्लबबाट सर्वसाधारणलाई युवती मिलाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।नुवाकोटका पदम सिंह ठकुरीले सञ्चालन गरेको क्रिष्टल बार एण्ड क्लब र कञ्चनपुरका सुवास सिंह ठकुरीले सञ्चालन गरेको गोल्डेन बार एण्ड क्लबबाट सर्वसाधारणलाई युवती मिलाइदिने प्रलोभन देखाई बारभित्र लगेर जबरजस्ती बिल असुल्ने र दुर्व्यवहार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले बिहीबार छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका मध्ये ११ जना क्रिष्टल बार एण्ड क्लबबाट र १२ जना गोल्डेन बार एण्ड क्लबबाट रहेका छन्।
क्रिष्टल बार एण्ड क्लबबाट पक्राउ परेकाः
सिता कुमारी थापा (२४), बर्दिया, राजापुर नगरपालिका–१०
सलिना आले मगर (२२), सिन्धुली, तिनपाट गाउँपालिका
रोशिका भट्टराई (२२), धनकुटा, भेडेटार गाउँपालिका–८
लक्ष्मी राई (१८), सिन्धुली, हरिहरिगढि गाउँपालिका–२
स्मृती लिम्बु (२०), उदयपुर, चौदण्डी नगरपालिका–५
शुसिला मगर (१८), धादिङ, खात्रे गाउँपालिका–४
सामराज तामाङ (२०), नुवाकोट, सूर्यगढि गाउँपालिका–२
बिनोद रतौली (२४), कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–५
समिर खड्का (२०), बाजुरा, बुढीमालिका नगरपालिका–८
दिल कुमार रसाईली (२२), बागलुङ, बुर्तिबाङ नगरपालिका–१
विराज तामाङ (१९), काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–११, हाल काठमाडौं, तारकेश्वर नगरपालिका–२, मैनमैजु
गोल्डेन बार एण्ड क्लबबाट पक्राउ परेकाः
सशिकला खत्री (१९), सर्लाही, हरिवन नगरपालिका–८
अनिशा थापा (२४), गोरखा, बारपाक सुरीकोट गाउँपालिका–४
अन्जना मुक्तान (२४), सिन्धुली, दुधौली नगरपालिका–१२
सबिना मगर (१८), धादिङ, खात्रे गाउँपालिका–४
सुक्रिन्ता मगर (२१), उदयपुर, गाईघाट बेलका नगरपालिका–५
करूणा थापा (२१), नुवाकोट, तादी गाउँपालिका–५
सुन्दर तामाङ (३३), नुवाकोट, तारकेश्वर नगरपालिका–३
राजकुमार तामाङ (३५), काभ्रेपलाञ्चोक, रोषी गाउँपालिका–८
राजेन्द्र तामाङ (२४), नुवाकोट, सूर्यगढि गाउँपालिका–२
देबराज तामाङ (३१), काभ्रेपलाञ्चोक, रोषी गाउँपालिका–८
अनिल तामाङ (२६), काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–५
अदित्य लामा (१८), नुवाकोट, ककनी गाउँपालिका–५
पक्राउ परेकाहरूमाथि ठगी, जबरजस्ती बिल असुल्ने र दुर्व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।