काठमाडौं । इम्बार्क कलेजले अन्तर्राष्ट्रियस्तरमा सफलता हात पारेको छ । हालै भारतको नयाँ दिल्लीमा आयोजित ‘इलेट्स वल्र्ड एजुकेसन समिट २०२५’मा इम्बार्क कलेजलाई ‘इमर्जिङ बी–स्कुल’ उपाधिबाट सम्मान गरिएको हो ।
उक्त सम्मानले इम्बार्क कलेजले व्यावसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिको उच्च मूल्याङ्कन गरेको छ । इम्बार्क कलेजः नवीन शिक्षा र व्यावसायिक अभ्यासको संगम, इम्बार्क कलेजले कठोर शैक्षिक मापदण्ड र व्यावहारिक औद्योगिक अनुभवलाई समेट्दै व्यावसायिक शिक्षामा नयाँ उचाइ हासिल गरेको छ । कलेजको पाठ्यक्रमले नवीनतम सोच, नैतिक नेतृत्व र विश्वव्यापी व्यावसायिक क्षमताको विकासमा विशेष ध्यान केन्द्रित गरेको छ । यस सम्मानले कलेजलाई थप प्रेरित गर्दै शैक्षिक कार्यक्रमहरूलाई विस्तार गर्न, अग्रणी उद्योगहरूसँग सहकार्य बढाउन र विद्यार्थीहरूलाई अझ सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।