काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरी जम्मा चार लाख चार सय ४० कित्ता सेयरहरू शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आह्वान गरेको छ ।
जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको एक लाख ७२ हजार तनि सय ७२ कित्ताको न्यूनतम मूल्य तीन सय रुपैयाँ र न्यूनतम आवेदन पाँच हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य तीन सय ७५ रुपैयाँ र न्यूनतम आवेदन पाँच हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्थाका सात हजार नौ सय ६८ कित्ताको न्यूनतम मूल्य तीन सय ३० रुपैयाँ र न्यूनतम आवेदन एक हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एक हजार तीन सय १५ कित्ताको न्यूनतम मूल्य एक सय रुपैयाँ र न्यूनतम आवेदन एक हजार तीन सय १५ कित्ता सेयरहरू बिक्रीमा राखिएका छन् ।
कम्पनीका अनुसार इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको सर्तका अधीनमा रही सिलबन्दी फाराम एक सय रुपैयाँ तिरेर मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी यही भदौ २४ गते अपराह्न तीन बजेभित्र बुझाउनुपर्नेछ । प्राप्त बोलपत्रहरू भाद्र २५ गते बिहान ११ः०० बजे कार्यालयमा खोलिने छ । यस सिलबन्दी बोलपत्र प्रक्रियामा साबिकका संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका सेयरहरू उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरूलाई बिक्री गरिने छ । मुक्तिनाथ क्यापिटलले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने छ ।