काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयको आयोजनामा होटल रिभर क्राउन गैंडाकोटमा आयोजित एकदिने महत्वपूर्ण सेवा प्रवेश अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
यस तालिमले भर्खरै संस्थामा आबद्ध भएका कर्मचारीहरूलाई वित्तीय संस्थाको उद्देश्य, नीति, कार्यशैली, र ग्राहक सेवासम्बन्धी व्यापक जानकारी प्रदान गरेको छ । तालिममा सहभागीहरूलाई अनिवार्य समूह तालिम, बचत, कर्जा, कर्जा असुली, सम्पत्ति शुद्धीकरण, लेखा व्यवस्थापन, डिजिटल बैंकिङ तथा सूचना प्रविधिबारेमा प्रशिक्षण दिइएको थियो ।
तालिम कार्यक्रमको अध्यक्षता वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तद्वारा गरिएको थियो । पन्तले तालिमको उद्घाटन गर्दै नयाँ कर्मचारीहरूलाई संस्थाको मूल्य र मान्यतासँग परिचित गराउनुका साथै समृद्ध भविष्यमाथि जोड दिएका थिए ।
कार्यक्रममा कर्जा विभागको विभागिय प्रमुख प्रेमबहादर थापा, आन्तरिक विभागको विभागीय प्रमुख कृष्णप्रसाद खनाल, अनुगमन तथा असुली विभागका विभागीय प्रमुख कुशल खनाल, लेखा तथा कार्य सञ्चालन विभागका विभागिय प्रमुख रितु बानियाँ तथा सूचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारी प्रविन पुडासैनीले तालिम प्रदान गरेका थिए ।