काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले उदयपुर जिल्लाका विद्यालयहरूमा शैक्षिक किट तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । यस अभियानमार्फत कुल चार सय ५० विद्यार्थी प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
कम्पनीले विद्यार्थीहरूलाई कापी, कलम, झोला, पेन, ज्यामितिबक्सका साथै विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग, पाठ्यपुस्तकलगायत आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरेको हो । रुपैरानी आधारभूत विद्यालय– आहाले, जनता आवासीय विद्यालय– थलियाटार, वीरेन्द्र आवासीय विद्यालय– भन्टाबारी, श्री आधारभूत विद्यालय, बबेलामा शैक्षिक सामग्री वितरण गरिएको हो । यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित सरस्वती आधारभूत विद्यालयको उद्घाटन कार्यक्रममा शैक्षिक सामग्री वितरण गरेको थियो । शौर्य सिमेन्टले निरन्तररूपमा शिक्षा, स्वास्थ्य, संस्कृति तथा सामुदायिक विकासमा विभिन्न सामाजिक उत्तरदायित्व गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।