काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक १८ दशमलव शुन्य दुई अंकले ओरालो लागेर २७ सय ३९ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य छ अंकले ओरालो लागेर चार सय ७१ दशमलव १९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ५८ हजार एक सय पाँच पटकको कारोबारमा एक करोड ४० लाख नौं हजार सात सय आठ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार तीन सय ३५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक उपसमुहको सुचक १२ दशमलव शुन्य नौं अंकले उकालो लागेर सात हजार पाँच सय ८० दशमलव ६८ बिन्दुमा चढेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।