काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले यही भदौ २३ गतेबाट हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक बराबर शून्य दशमलव ८० प्रतिशतको अनुपातले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयरको बिक्री आह्वान गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य असोज १२ गतेसम्म कायम रहनेछ ।