काठमाडौँ । कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताएका छन् ।
सोमबार यहाँ आयोजित कार्यक्रममा उनले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिए । उनले धेरै महत्वाकाङ्क्षी नराखी डर र लोभबाट टाढा रहनुपर्ने बताए । बरु पाँच वा दश वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिन नहुने उनको भनाइ थियो । सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै नेता थापाले कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।