काठमाडौ । कवाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन थालेका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले सोमबारदेखि प्रदर्शन गर्दै महानगरको कार्यालय घेराउ गर्न सुरु गरेका हुन् ।
मंगलबार पनि कवाड व्यवसायीहरूले कमलादीस्थित महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेनले कवाड व्यवसायीमाथि गरेको गुण्डागर्दीविरुद्ध प्रदर्शन लेखेको ब्यानर बोकेर प्रदर्शन गरेका थिए । महानगरपालिका प्रमुख शाहले कवाड संकलन र व्यवसायीहरुलाई अभद्र व्यवहार गरी व्यवसाय गर्नमा रोक लगाएको आरोप लगाएका छन् ।
विगत दुई वर्षदेखि महानगरका मेयर बालेन साहका कारण आफूहरूको रोजीरोटी खोसिएको उनीहरूको दाबी छ । उनीहरुले सोमबार पनि भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका थिए ।