काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स फन्डले लाभांश घोषणा गरेको छ । ग्लोबल आईएमई बैंकको कोष प्रवर्द्धनमा सञ्चालित म्युचुअल फन्ड योजना ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ ले एकाइधनीलाई करसहित नगद १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलका अनुसार कोषले १२ करोड ३० लाख रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।