काठमाडौं । ग्लोकल प्रालिले ११औँ संस्करणको गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष छ फाइनलिस्टहरूको नाम घोषणा गरेको छ । शीर्ष छ फाइनलिस्टहरू धनुषाका कृष्ण यादव, स्याङ्जाका मानुषी न्यौपाने, कपिलवस्तुका निश्चल ढुंगाना, जुम्लाका अक्सफोर्ड आचार्य, सर्लाहीकी रेणुका सिंह र रुपन्देहीका सफल पौडेल रहेका छन् ।
प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, पर्यावरण, एआई विज्ञान/अनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका सात सय ८४ किशोरकिशोरीहरूले आवेदन दिएका थिए ।