काठमाडौं । कजरिया रमेश टाइल्स लिमिटेडले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कजरिया रमेश टाइल्सका निर्देशक सञ्जय अग्रवालले हालै आयोजित एक कार्यक्रममा कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा उक्त घोषणा गरेका हुन् । कार्यक्रममा कम्पनीका नयाँ टाइल संग्रहहरू, नवीन डिजाइनहरू पनि प्रदर्शन गरिएको थियो ।