काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेता ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिलाले उनीविरुद्ध साइबर अपराधसम्बन्धी उजुरी दिएपछि प्रहरीको केन्द्रीय साइबर ब्युरोले महरलाई नियन्त्रणमा लिएको हो।ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार, उजुरीका आधारमा महरविरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। पक्राउ पूर्जी जारी भएपछि महर आफैं ब्युरोमा उपस्थित भएका थिए।
महरलाई हाल थप अनुसन्धानका लागि म्याद थपका लागि प्रशासनमा उपस्थित गराइएको ब्युरोले जनाएको छ। यस घटनाले एमाले नेतृत्वमा हलचल ल्याएको छ भने, साइबर अपराधसम्बन्धी प्रकरणमा ठूला नेतासम्म पक्राउ पर्ने घटनाको रूपमा यसलाई हेरिएको छ।