काठमाडौं । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका २ मार्फास्थित मार्फा प्यालेस होटलबीच सम्झौता भएको छ । बैंकका अनुसार व्यावसायिक साझेदारीका लागि कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
समारोहबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंकतर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइँको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक तथा मार्फा प्यालेस होटलबीच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै बैंकका ग्राहकहरु पनि लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।