काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले चाडपर्वको अवसर पारेर नयाँ योजना ‘चङ्गा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ ।
‘यो दशैँ बेस्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यो योजना कात्तिक १४ गतेसम्म नेपालभर लागू हुने कम्पनीले जनाएको छ । यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले चार लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरूले पाँच वर्षका लागि निःशुल्क सर्भिसिङ, एक वर्षको निःशुल्क फुल इन्स्योरेन्स र एक वर्षका लागि सडक करमा छुटजस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ ।
यसबाहेक ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, दुई वर्षको इन्जिन वारेन्टी र एकपटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्सजस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् । यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । यो योजना होन्डाका मोडेलहरू होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसनलगायतका गाडीहरूमा उपलब्ध हुनेछ ।