काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । महिला हिंसाको आरोपमा उनलाई साइवर व्यूरोले बुधवार पक्राउ गरेको थियो । कथित वातावरणविद् डा. पाँडे २०७९ भदौ देखि रास्वपामा क्रियाशील रहेका छन् । समाजीक सञ्जाल मार्फत गालि गलौज गरिएकी एक महिलाको उजुरीमा उनी पक्राउ परेका हुन ।