काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको एक लाख चार हजार आठ सय ११ दशमलव ५७ कित्ता सेयर बिहीबारदेखि बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको उक्त सेयरमध्ये ५४ हजार आठ सय ११ दशमलव ५७ कित्ता आम सर्वसाधारण र ५० हजार कित्ता संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको छ । सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय २० रुपैयाँ र संस्थापकका लागि प्रतिकित्ता एक सय १६ रुपैयाँ तोकिएको छ । सर्वसाधारणले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र र संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जानकारी दिएको छ ।