काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिम स्टार ऊर्जा कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३७ करोड ३० लाख रुपैयाँ बराबरको ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा सर्वसाधारण लगानीकर्ता सेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत)मा वितरण गरिएको ११ लाख १९ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी जम्मा ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९९ रुपैयाँ १७ रुपैयाँ र दुई सय ९७ रुपैयाँ ५१ पैसाको ओपनिङ रेन्ज दिएको छ । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।