काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । फाइनान्सले ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर—२०८९’ निष्काशन गर्न लागेको हो । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौतापत्रमा आईसीएफसी फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ । फाइनान्सले हाल २१ वटा शाखा कार्यलयहरू र १८ वटा एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।