काठमाडौँ । सुनको मूल्य स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार तोलामा एक हजार २०० ले वृद्धि भइ सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबार एक तोला सुन एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ६०० निर्धारण भएको छ ।