काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो एक महिना अर्थात् साउनमा चार अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले कुल दुई लाख १५ हजार दुई सय ८५ वटा बीमालेख जारी गरी उक्त परिमाणमा बीमाशुल्क सङ्कलन गरेका हुन् ।
प्राधिकरणका अनुसार चालू आवको पहिलो एक महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले १३ हजार ७८ वटा बीमालेख जारी २० करोड ७१ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले पनि तीन हजार आठ सय ७९ वटा बीमालेखबाट ४१ करोड ३७ लाख २३ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि पछिल्लो अवधिमा एक हजार तीन सय ३३ वटा बीमालेखमार्फत १६ करोड २७ लाख सात हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
नेसनल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको साउन महिनामा दुई हजार दुई सय ५४ वटा बीमालेख जारी गरी २३ करोड छ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा २१ हजार छ सय ९३ वटा बीमालेखमार्फत ३२ करोड एक लाख ३७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पहिलो महिनामा आठ हजार ९९ वटा बीमालेख जारी गरी १२ करोड ७१ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले भने २५ हजार दुई सय ३७ वटा बीमालेखमार्फत ४१ करोड ५५ लाख ११ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पहिलो महिनामा १५ हजार सात सय ५८ वटा बीमालेखमार्फत ३४ करोड ४१ लाख २० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले २१ हजार सात सय ५७ वटा बीमालेखमार्फत ३६ करोड ५२ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि चालू आवको साउन महिनामा नौ हजार दुई सय ५८ वटा बीमालेखमार्फत २२ करोड ३६ लाख ७१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २२ हजार पाँच सय तीन वटा बीमालेखमार्फत ४१ करोड ७९ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा २१ हजार एक सय ५१ वटा बीमालेखमार्फत ४५ करोड ५४ लाख २० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १५ हजार नौ सय ४३ वटा बीमालेखमार्फत ३३ करोड ८१ लाख ९० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योेरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा ३३ हजार तीन सय ४२ वटा बीमालेख जारी २९ करोड ६७ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।